चौरजहारीमा सरकारी अनुदानको चामल बिक्री

रुकुम पश्चिम । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चौरजहारीबाट पनि सरकारी अनुदानको चामल बिक्री गर्ने भएको छ । यसअघि रुकुम पश्चिमको सल्ले, आठबीसकोटको खदी, शोभागाउँ र तकसेराबाट चामल बिक्री हुँदै आएको थियो ।

चालु आर्थिक वर्षबाट भने चौरजहारी नगरपालिकाबाट पनि चामल बिक्री गर्ने निर्णय भएको निमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार स्थानीय मागका आधारमा चौरजहारीबाट चामल बिक्रीको तयारी गरिएको हो । चालु आर्थिक वर्षमा चौरजहारीमा ७ सय ५० क्विन्टल चामलको कोटा निर्धारण भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७७र०७८ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ हजार क्विन्टल चामल बिक्री गरेको छ । सल्लेमा १ हजार क्विन्टलको कोटा तोकेकामा १ हजार ८ र स्यालाखदीमा १ हजार क्विन्टलको कोटा रहेकामा १ हजार ५ सय क्विन्टल चामल बिक्री भएको हो ।