खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध

जाजरकोट । डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ ।

थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । हप्ता दिन बित्दा पनि सडक मर्मततर्फ ध्यान नदिएको स्थानीयवासी रेशम खड्काले बताए । गाउँमा ल्याइने खाद्यान्न लगायत सामग्री सडक नहुँदा समस्या हुने गरेको खड्काले बताए ।

पूर्वी जाजरकोट, डोल्पा र रुकुम पश्चिममा यातायातका साधन वैकल्पिकरूपमा चलाउनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको सहजीकरणमा (नेकपा एकीकृत समाजवादी) का उपाध्यक्ष कमान खड्का र सडक विभाग चौरजहारीले सडक मर्मतपछि पासागाड–कालेगाउँ सडक सञ्चालन गरिएको छ ।