पछिल्लो २४ घण्टामा ८६७ जनामा काेराेना पुष्टि, १ हजार १२३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन टेष्ट गर्दा २०८ जना गरी ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा १६४, ललितपुरमा ६५ र भक्तपुरमा २६ जना गरी उपत्यकामा २५५ जना रहेका छन् । त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ ।