कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ (फोटो फिचर)

सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभा जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् ।

४० सदस्यि कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १/१ जना सांसद रहेका छन् । एक जना स्वतन्त्र सांसद छन् ।