२४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।