जापान सरकारद्धारा नेपाललाई एम्बुलेन्स प्रदान

काठमाण्डौं । नेपाललाई जापान सरकारले छ एम्बुलेन्स प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणमा पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरेका छन् । उहाँले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।

नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए। उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ ।