कर्णालीमा चाडपर्वलाई लक्षित गरी ४ हजार ३५१ जना प्रहरी खटाइने

सुर्खेत । दसैं तिहार नजिकिएसँगै कर्णाली प्रदेश प्रहरी कार्यालयले विभिन्‍न सुरक्षा योजना बनाएको छ । चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर प्रदेश प्रहरीले बाक्लो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । चाडपर्वलाई लक्षित गरी ४ हजार तीन सय ५१ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

दशैं तिहारलाई नै लक्षित गरेर ५ सय प्रहरी थप गरिएको प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले जानकारी दिए । बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राखी प्रदेशका सबै जिल्लाका नाकामा प्रहरी परिचालन गर्ने तयारी प्रदेश प्रहरीको छ ।

चाडपर्वमा हुने चोरी, लुटपाट तथा अन्य अपराधजन्य घटनाहरू हुन नदिन सबै वडा र टोलमा प्रहरी परिचालन गर्न लागिएको प्रदेश प्रहरी प्रमुख डीआईजी  ऐरले बताए ।