वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । निरन्तर परेकाे वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको राकमकर्णाली–जितेगडा खण्डको दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयकाअनुसार दैलेखको घट्टे खोला र खिड्कीज्यूलामा पहिरो गएको छ । पहिरो गएपछि विहानैदेखी राजमार्ग अवरुद्ध भएपछि सुर्खेततर्फ आउने सवारीहरु रोकिएका छन् । सडक सुचारु गर्न सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।