तिला कर्णाली नदीमा १७४ भेडा बाख्रा बेपत्ता

सुर्खेत । निरन्तर परेको वर्षाका कारण तिला कर्णाली नदीमा १७४ भेडा बाख्रा बेपत्ता भएका छन् ।

मंगलबार बेलुका ६ः३० बजेको समयमा कालिकोट तिलागुफा नगरपालिका –९ स्थित तिला कार्णाली नदीको तिर नजिकै लुब्रे भन्ने स्थान बाट भेडा बाख्रा बेपत्ता भएका हुन् ।

लुब्रे भेडी गोठमा रहेका ९ घर परिवारका १७४ भेडा बाख्रा तिला कार्णाली नदीको बहाव बढेपछि बगाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।