काठमाडौं । पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । ९ कार्तिक २०७८, मंगलवार १६:५५