वीरेन्द्रनगरमा पहिलाे पटक चङ्गा चैट प्रतियोगिता सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा पहिलाे पटक चङ्गा चैट प्रतियोगिता सम्पन्न भएको छ । `तनाव छ जिन्दगी´ फाउन्डेसनकाे आयाेजनामा भएको प्रतियोगिता घन्टाघरमा शनिवार सम्पन्न भएको हाे ।

दसैं तिहारलाई लक्षित गरेर कर्णाली प्रदेश राजधानीमा साे प्रतियोगिता गरेकाे फाउन्डेसनका अध्यक्ष संन्जय याेगीले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम विजेता राजन श्रेष्ठले ५ हजार पाँच सय ५५, द्वितीय विजेता बिक्रम केसीले ३ हजार तीनसय३३ र तृतीय विजेता सलमान खानले २ हजार दुईसय २२ रुपैया पुरस्कार पाएका छन् ।

‘भविष्यमा अझै रमाइला र नयाँ कार्यक्रमहरु ल्याउने उदेश्य रहेकाे फाउन्डेसनका सह-सचिव कविराज गिरीले बताए ।

प्रतियोगिता कार्यक्रममा प्रतिस्पर्धी, सहयोगी संघ सस्था, सुरक्षाकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।