सुर्खेतमा स्कुटरलाई मिनीट्रकले ठक्कर दिदा एकको मृत्यु

सुर्खेत । रन्त राजमार्ग अन्तरगत वीरेन्द्रनगरको झुप्रा नजिक मीनि ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एकाको मृत्यु भएको छ ।

भेरीगंगा नगरपालिका छिन्चु देखि वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ७६६१ नम्बरको स्कुटरलाई वीरेन्द्रनगरबाट नेपालगन्ज तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ०१२४ नम्बर मिनीट्रकले टक्कर दिदाँ एकको घटना स्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

दिदीभाई सवार रहेको स्कुटरमा मृत्यु हुँनेमा स्कुटरका चालक भेरीगंगा नगरपालिका–११ का २६ वर्षिय रविन राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । भने घाइते उनको ३२ वर्षिय रानी रानालाई उपचारको लागि प्रदेश अस्पताल कालागाँउमा लगिएको छ ।