वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइयो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा एमसीसी विरुद्धको आन्दोलनकर्ताले उग्र रुप लिएपछि जारी गरेको निषेधाज्ञा हटाइएको हो ।

सोमबार बन्दकर्ताले उग्ररुपनै लिएपछि वीरेन्द्रनगरमा २४ घण्टाका लागि कफ्र्यु आदेश समेत जारी गरेको थियो ।
मंगलवार साँझ ७ बनेदेखि उक्त आदेश हटाउँदै प्रशासनले निश्चित क्षेत्र मंगलगढी चोक, यरीचोक र हटियालाइनमा निषेधाज्ञा जारी गरेको थियो ।

हाल वीरेन्द्रनगरमा एमसीसीको विरोध पर्दशनको अवस्था सामान्य भएपछि जारी निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।