सल्यानमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु

सुर्खेत । सल्यानमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकाँश महिला रहेका छन् । सल्यानको सदरमुकामबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज दिउँसो सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा तिहार मनाउन सल्यान आएर फर्कनेहरु रहेको सल्यान प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ५३ वर्षीय प्रभा चलाउने, सोही ठाउँकी नारायणपुर बस्ने ६५ वर्षीय ईन्द्रा अधिकारी, शारदा नगरपालिका–२ का ६१ वर्षीय मिना डाँगी, सोही ठाउँका ६६ वर्षीय लिला बुढाथोकी, त्रिवेशी–१ काध्रा सल्यानका २४ वर्षीय मिना शाही, बबई गउाँपालिका–४ दाङका ६० वर्षीय डुलि रेउले र सोही ठाउँ वडा नम्बर ६ का ७० वर्षीय कलादेवि बुढाथोकीको सनाखत भएको प्रहरीले जनाएको छ ।

यस्तै, सल्यान छत्रेश्वरी गाउँपालिका–२ बस्ने २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ बस्ने ३५ वर्षीय सावित्रा केसी र दाङ कोरवाङ बस्ने पाँच वर्षीय बालक सुरज ओली छन् । अन्य दुई जनाको भने पहिचान नखुलेको प्रहरीको भनाई छ ।