कर्णाली प्रदेशकाे प्रदेश प्रमुखमा तिलक परियार नियुक्त

सुर्खेत । कर्णाली प्रदेशकाे प्रदेश प्रमुखमा तिलक परियार नियुक्त भएका छन् । संघ सरकारकाे मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेश प्रमुखमा तिलक परियार नियुक्त भएका हुन् ।

गाेविन्दप्रसाद कलाैनीलाइ हटाएर तिलक परियारलाइ नियुक्त गरिएको छ । सरकारले प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियाे ।

बैठकले प्रदेश १ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।

खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् भने परियार माओवादी केन्द्रबाट । जोशी नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन् ।