राहत लिएर मुख्यमन्त्री शाहि मुगु सदरमुकाम गमगढी गए

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागी पीडितलाई राहत लिएर सदरमुकाम गमगढी
गएका छन् ।

मन्त्री शाही बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत मुगुको गमगढी गएका हुन् ।  आगलागी पीडितका लागि  त्रिपाल, कम्बोल र खाद्यन्न सामग्रीहरु वितरण गर्ने छन् ।

मुख्यमन्त्री शाहीले त्यहाँको अवलोकन र स्थानीय प्रशासनको सिफारिसमा थप राहत उपलब्ध गराइने बताएका छन् ।

सोमबार राति गमगढी बजारमा आगलागी हुँदा २१ वटा घरमा क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार १८ वटा घर र तीन वटा घुम्ती पसलमा क्षति पुगेको हो ।