आज कांग्रेसले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

काठमाडौं । स्थानीय तहको चुनावको चार दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ ।दल र उम्मेदवार चुनावी मैदानमा व्यस्त रहेका बेला कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।आइतबार मात्र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेका थिए ।