कर्णालीमा घरजग्गाको मूल्यवृद्धि सबैभन्दा बढी

सुर्खेत । घरजग्गाको मूल्यवृद्धि देशैभरमा सबैभन्दा बढी कर्णाली प्रदेशमा भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले संघीय राजधानी रहेको वाग्मतीभन्दा कर्णालीमा घरजग्गाको मूल्यवृद्धि बढी भएको देखाएको हो ।

जुन अध्ययन शुक्रबार सार्वजनिक गरिएको छ। मालपोत कारोबारको आधारमा आव २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३/८८ प्रतिशतले बढ्दा वाग्मती प्रदेशमा ५।९५ प्रतिशतले बढेको उक्त अध्ययनमा उल्लेख छ ।

यद्यपि उक्त अध्ययन सातवटा प्रदेशबाट दुईरदुई जिल्ला छनोट गरी २० स्थानलाई मात्र लिइएको हो । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अध्ययनका लागि घरजग्गा बढी कारोबार हुने नगरपालिकाका केही स्थान छनोट गरिएको बताए । यस्तो अध्ययन नेपालमा पहिलोपटक गरिएको हो । कर्णालीपछि घरजग्गाको मूल्यवृद्धि प्रदेश २ मा १७/४२, लुम्बिनीमा १४/४५, प्रदेश १ मा १४/२०, गण्डकीमा ११/८३ र सुदूरपश्चिममा ६/३५ प्रतिशतले बढेको छ ।