सुर्खेत बहुमुखी क्याम्पसमा कोभिड_१९ विरुद्धको ४०८ जनाले खोप लगाए

सुर्खेत । कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) विश्वभर फैलिए सँगै वीरेन्द्रनगर सुर्खेतमा शुक्रवार (आज) कोभिड_१९ विरुद्धको दुबै मात्राको खोप लगाइएको छ ।

वीरेन्द्रनगर नगरपालिका र अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटीको समन्वयमा कोभिड_१९ विरुद्धको दुबै मात्राको खोप लगाइएको हो ।

खोप कार्यक्रममा सोही क्याम्पसका प्राध्यापक, कर्मचारी, बिद्यार्थी लगायत छुटेका अन्य व्यक्तिहरूलाई समेत खोप लगाइएको थियो । जसमा पहिलो मात्राको २९१ र दोस्रो मात्राको ११७ गरी जम्मा  ४०८ जनाले खोप लगाएका छन् । यस्तै क्याम्पस परिसरमा फोहोर व्यवस्थापन तथा सरसफाइ गरेको अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस कमिटी अध्यक्ष हिक्मत शाही जानकारी दिए ।