२३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् । आज ८ लाख २२ हजार ३९२ जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । यस्तै अहिलेसम्म ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यो समेत अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।