उपसभापतिमा कालीबहादुर सहकारी र सनत कुमार कार्की विजय

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको उपसभापतिमा कालीबहादुर सहकारी र सनत कुमार कार्की विजय भएका छन् । सहकारीले ४५६ र कार्कीले ४४३ मत प्राप्त गरी विजय भएका हुन् ।

विजय दुवै जना संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् ।

उपसभापतिका प्रतिस्पर्धी तिलक बहादुर भण्डारीले २७० र देवेन्द्र बहादुर शाहीले २८४ मत प्राप्त गरी पराजीत भएका छन् ।