जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

सुर्खेत । रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको बस सडकबाट चिप्लिएर दुर्घटना भएको र घाइतेलाई उद्धार गरि अस्पताल लगिएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।