अनलाइन मिडियालाई व्यवस्थित गर्न सुर्खेतमा मिडिया नटवर्क गठन

सुर्खेत । प्रविधिको युगमा औंलामा संसारका खवर छिनभरमै प्रदान गर्ने अनलाइन मिडियालाई व्यवस्थित गर्न सुर्खेतमा नटवर्क गठन गरिएको छ ।

दुल्लुखवर डटकमका सञ्चालक नविन शाहीको संयोजकत्वमा १४ सदस्यीय अनलाइन मिडिया नेटवर्क तदर्थ समिति गठन गरिएको हो ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर कार्यक्षेत्र बनाएर सञ्चालन रहेका अनलाइन मिडियालाई व्यवस्थित गर्ने उदेश्यले शाहीको संयोजकत्वमा नेटवर्क गठन गरिएको छ । नेटवर्कको सदस्यहरुमा नेपालगाथा डटकमका त्रिभुन विसी, क्वीकखवर डटकमका खगेन्द्र अधिकारी, आयोरैबार डटकमका जीवन शाही, नेपालीरैबार डटकमका नविन सुवेदी, सुशील खड्का, बुलबुले डटकमका बुद्धिजंग ठकुरी, दत्रिरत्न डटकम डट एनपीका प्रवासकुमार शाक्य, उज्यालोरैबार डटकमका रेवतीरमन उपाध्याय, दर्शनखवर डटकमका युवराज पंगाली, फरकबाटो डटकमका सीता ओली, एके संञ्चार डटकमका अप्सरा विष्ट र होस्टखवर डटकमका भानु अधिकारी रहनुभएको छ ।