हावाहुरीका कारण हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित

काठमाण्डौ । हावाहुरीका कारण हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ ।

हिजो दिनभर हावाहुरी लाग्दा आवतजावतमा समेत निकै कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । अस्ति शनिवारदेखि नै सुरु भएको हावाहुरीका कारण हिजो जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत बन्द भएको थियो ।

हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन सकेको छैन । यस्तै जिल्लाबाहिर जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् भने हुम्ला जाने यात्रुहरु नेपालगञ्जमै रोकिएका छन् ।