वीरेन्द्र चाेकमा स्व. राजा वीरेन्द्रको सालिक स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा आज स्व. राजा वीरेन्द्रको सालिक राखिएको छ । झण्डै १६ वर्षपछि स्व. राजा वीरेन्द्रको शालिक राखिएको हाे ।

स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७ औं जन्मजयन्तीको अवसरमा सालिक राखिएको हाे ।

२०६२/०६३ सालकाे जनआन्दोलनका समयमा राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । नगरपालिकाले वीरेन्द्र चोकलाई २०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।