सुर्खेतमा ११ हजार भन्दा बढी मतदाता थपिए

सुर्खेत । सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिएका छन् । पछिल्लो पटक संकलन गरिएको मतदाता नामावली अनुसार सुर्खेतमा ११ हजार ४ सय १४ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सुर्खेतले जनाएको छ । जसमध्ये पाँच हजार दुईसय ७७ जना महिला र पाँच हजार एकसय ३७ जना पुरुष मतदाता थपिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

योसँगै सुर्खेतमा मतदाताको संख्या दुई लाख १४ हजार चारसय १४ जना पुगेको छ । अघिल्लो निर्वाचनमा सुर्खेतमा २ लाख ३ हजार मतदाता थिए । आगामी निर्वाचनको तयारी स्वरुप निर्वाचन कार्यालयले गएको मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन थालेको थियो ।