वीरेन्द्रनगरमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला

सुर्खेत ।  सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।

मंगलबार वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदीमा  पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिएका छन् ।

अन्दाजी ३२/३३ बर्षीया युवाकाे घाटिकाे अगाडिबाट रेडिएकाे अवस्थामा फेला परेकाे शाहीले बताए ।

शाहीका अनुसार उक्त शवको पहिचान खुल्न सकेको छैन । घटनाका बारेमा  कुकुरकाे टाेलि सहित अनुसन्धान भई रहेका शाहीले जनाएका छन् ।