भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढ्यो

सुर्खेत । रोजगारीका लागि भारतमा गएका नेपालीहरू नेपाल आउने क्रम बढेको छ । कोरोना संक्रमण बढ्दै जान थालेपछि भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो ।

भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् । भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले नै कोरोना संक्रमण बढेकाले रोजगारी दिन नसक्ने नेपाल फिर्ता हुन सुझाएकाले आफू घरमा फिर्ता भएको बताए ।

नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले दैनिक पाँच हजार बढी नेपाली तथा भारतीय नागरिकहरू नेपालमा आउने गरेको बताए । ‘भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढेको छ, ।