काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आपतकालीन सन्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।
ए.के. सञ्चार । ४ माघ २०७८, मंगलवार १२:३३