हप्ता दिनमा सरकारलाई पूर्णता दिने तयारीमा: माओवादी केन्द्र

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठकले अबको एक हप्तामा सरकारलाई पूर्णता दिने गरी छलफल चलाउने भएको छ ।

दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मंगलवार बसेको दलको बैठकले यस्तो निर्णय गरेको दलका प्रमुख सचेतक ठम्वर विष्टले जानकारी दिए ।

सत्ता साझेदार दलकै सहमतिमा मुख्यमन्त्री जीवन बहादुर शाहीले सत्ता समालेको करिब ३ महिना पुग्न लाग्दा समेत सरकारले पूर्णता नपाउनुमा सत्ता साझेदार दल भित्रै असमझदारी बढ्दै गएको हो की रु भन्ने आसंका गरिरहेका बेला माओवादी केन्द्र संसदीय दलको बैठकले सबैभन्दा ठुलो दलको हैसियतले सरकारलाई पूर्णता दिने विषयमा छलफल अगाडी बढाउने भएको हो ।

दलले सत्ता भागबण्डामा भने आफ्नो पुरानै अडानलाई कायम राखेको छ । सबैभन्दा ठुलो दलका हैसियतमा माओवादी केन्द्र सरकारमा सहभागि हुन लागको भन्दै प्रमुख सचेतक विष्टले अरु दल पनि यसैमा सहमतिमा आउनेमा आफ्नो दल विश्वस्त भएको बताए ।

‘पछिल्लो समय सरकारले पूर्णता नपाउदा सत्ता गठबन्धन भित्रै केहि असमझदारी जस्तो देखिएको छ बास्ताविक त्यस्तो होइन, ‘प्रमुख सचेतक विष्टले भने,’ ‘राष्ट्रिय सभाको चुनाव पनि नजिकिएको छ योजना कार्यन्वयनका विषय पनि धेरै छन् त्यसैले गठबन्धन नै ती योजनामा कसरी लाग्ने भन्नेमा हाम्रो दल जिम्मेवार छ,।’

प्रमुख सचेतक विष्टका अनुसार आज देखि नै दलको तर्फबाट विश्वासको बातावरण सिर्जना गर्न आफुहरु छलफलमा जुटेको समेत बताए ।