श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्ति प्रकाउ

सुर्खेत । आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छ । कालिकोट महाबै गाउँपालिका–३ घर भई वीरेन्द्रनगर–१० बुदबुदे बस्ने ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो ।

२०५८ साल साउन २८ गते उनले आफ्नै श्रीमतीलाई हत्या गरी कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतले सिंहलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । सिहंलाई २०५८ भदौं १४ गते अदालतले पुर्पक्षका लागि कारागार पठाइएपछि उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेको प्रहरीले जनाएको छ ।

तर २०६५ साल मंसिर १३ गते अदालतले अन्तिम फैसला गदै सिंहलाई २० बर्षको कैद सजाय तोकेको थियो । तर उनी लामो समयदेखी फरार रहेकाले विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको बिशेष टोलीले पक्राउ गरेको हो । उनलाई अदालतमा पेश गरेर कैद भुक्तानको लागी कारागार चलाउन गरिएको प्रहरीले जनाएको छ ।