कर्णाली राजधानीमा यातायात सेवा र बजार बन्द (फोटो फिचर)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र बजार पूर्ण रुपमा बन्द भएका छन् ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) भूवनेश्वर तिवारीका अनुसार प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात विहानैदेखि सञ्चालनमा नभएको जानकारी दिए । बजार क्षेत्रमा दुइ पाँग्रे र केही साना सवारी सञ्चालनमा रहेपनि अघिल्लो दिनको तुलनामा कम सवारी गुडिरहेको तिवारीको भनाइ छ ।