माेटरसाइकल र स्कुटी ठाेक्कीदा तीन जना घाइते

सुर्खेत । माेटरसाइकल र स्कुटी एक आपसमा ठाेक्कीदा तीन जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका -४ कुमाईचोक स्थित भित्रि सडक खण्डमा लु ७५ प २२६० नम्बरकाे स्कुटी र बा ७८ ९९८३ नम्बरको मोटरसाईकल ठाेक्कीएका हुन् । दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका -८ बस्ने २५ वर्षीय स्कुटी चालक लक्ष्मण रोकाय, माेटरसाइकल चालक वीरेन्द्रनगर-१ बस्ने ३१ वर्षीय हेमन्त ढुंगाना र मोटरसाइकल पछाडी सवार साेही ठाउँका ३४ वर्षीय कमल गिरी घाईते छन् । घाइतेकाे कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ भने घटनास्थलमा अस्थाई प्रहरी पोष्ट जिरोड्यामबाट खटिएकाे टाेलीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।