वीरेन्द्रनगर नगरपालिका उप-प्रमुख ढकाल दिइन् राजीनामा

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका उप-प्रमुख मोहनमाया ढकालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिको मेयरमा उम्मेदवार बनाएपछि ढकालले राजीनामा दिएकी हुन् ।

आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गदै ढकालले वीरेन्द्रनगरको उप-प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

यस्तै, उप–प्रमुख ढकालसँगै ३३ जना जनप्रतिनिधिले जिन्सी सामग्री नगरपालिकालाई हस्तान्तरण गरेर राजिनामा दिएका छन् । राजीनामा दिँदै ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको विकासका लागि साझा मुद्दामा एक भएको बताइन् ।