शिवकाे भक्ति विना जीवन अधुराे रहेकाे महात्माकाे भनाइ

सुर्खेत । महाशिवरात्रिकाे अवसरमा मानव धर्म सेवा समिति कर्णाली प्रदेश सुर्खेतले विशेष कार्यक्रम गरेर मनाएकाे छ ।
मानव धर्मले विभिन्न सांस्स्कृतिक र धार्मिक कार्यक्रम गरेर महाशिवरात्रि कार्यक्रम मनाएकाे हाे ।

महाशिवरात्रि कार्यक्रममा बाेल्दै; शिवकाे भक्ति विना जीवन अधुराे रहेकाे महात्मा सरर्यु बाईजीले बताईन् । यस्तै शिवले गरेकाे ध्यान र ज्ञानकाे सम्पूर्ण जगतलाई आवश्यक रहेकाे महात्मा गिरि बाईजीले बताईन । उक्त कार्यक्रममा सत्संग प्रवचन राख्दै महात्मा निर्मला बाईजीले गाँजा, भाङ, धतुराेलाई नशाका रुपमा नलिई शिवकाे पुजाआर्धना स्वच्छ र सफा मनले पुजा गर्ने मिल्ने बताईन् ।

महाशिवरात्रि भगवान् शिवकाे आराधना गर्ने प्रमुख दिन भएकाले मानव धर्मकाे आश्रममा विभिन्न कार्यक्रम गरेर मनाएकाे केन्द्रीय उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।