अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

सुर्खेत । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा रहने भएका छन् । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पल शाह थप १२ दिन हिरासतमा रहने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।

म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो ।