मिनि ट्रक दुर्घटना हुँदा दुई जना घाइते

सुर्खेत । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको मिनि ट्रक दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् ।  कर्णाली राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको गुराँस गाउँपालिका–१ टिमिले खोलामा आज विहान भे १ ख ३६७६ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा दैलेख आठविस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र लम्कीचुहा नगरपालिका कैलाली घर भएका रवेश बटला घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भूवनेश्वर शाहले जानकारी दिए ।

शाहका अनुसार घाइते दुवै जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । बोइलर कुखुराको चारो बोकेका मिनी ट्रक सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको बताए । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।