मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम बुधबार देखि सुरु

सुर्खेत । वीरेन्द्रनगरमा अभ्यास आदान प्रदान तथा मेलमिलाप सम्बन्धि पुनर्ताजगी तालिम बुधबार देखि सुरु भएको छ ।स्थानीय सरकार सबलीकरणकाे सहयोग र वीरेन्द्रनगर नगरपालिकाकाे समन्वय रहेकाे यस तालिम प्राकृति श्राेत द्वन्द रुपान्तरण केन्द्रले आयाेजना गरेकाे हाे । तालिम तीन दिन सम्म चल्ने छ ।

तालिम उद्वघाटनमा बाेल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकाले अरु यस्ता तालिमहरु सँगै समितिका लागी अरु व्यवस्थापन गर्नलाई पनि क्रियाशील रहेकाे बताए ।

यस्तै न्यायीक समितिमा दर्ता हुन् आएका विवादहरु मेलमिलाप केन्द्रमा गएर समाधान हुने गरेकाे वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए ।

मेलमिलाप केन्द्रका संयाेजक अथवा सदस्यहरुले न्यायिक निरुपण भन्दा पनि समुदायमा मेलमिलाप गरेर समाधान गर्नु पर्ने न्यायिक समितिका सदस्य रामकुमारी थापाले बताइन् ।
उक्त तालिममा मेलमिलाप केन्द्रका १ देखि १६ वडाका संयाेजकहरुका् उपस्थिति रहेकाे छ ।