भेरी नदीमा बेपत्ता ८ वर्षीय बालक शव फेला

सुर्खेत । भेरी नदीमा नुहाउँने क्रममा बेपत्ता ८ वर्षीय बालक दिनेश बुढा मगरको शव फेला परेको छ । गत फागुन २८ गते शनिबार भेरी नदीमा नुहाउँने क्रममा बेपत्ता बुढा मगरको शव फेला परेको हो ।

बुधबार दिउँसो भेरीगंगा र वीरेन्द्रनगर नगपालिका बीचमा पर्ने भेरी पुलको एकसय मिटर तल पानीमा तैरिएको अवस्थामा उनको शव फेला परेको हो ।

शनिबार साँझ ५ बजेको समयमा सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

भेटिएका ८ वर्षका बालक बुढामगरको शव पोष्टर्मटमको लागि मेहलकुना अस्पतालमा लगिएको रक्तकालि गण बाँगेशीमल सुर्खेतका एसपी बिमल डाँगीले जानकारी दिए ।

बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली अँझै बेपत्ता रहेका उनिहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।