वीरेन्द्रनगरमा शुक्रबार र आइतबार विद्युत अवरुद्ध हुने

सुर्खेत । वीरेन्द्रनगरमा शुक्रबार र आइतबार सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ । उक्त दिन नयाँ विद्युतीय संरचना निर्माण तथा पुरानो विद्युतीय संरचनाबाट तार ट्रान्सफर्मर स्थानान्तरणको कारणले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राविधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार मंगलगढी चोकदेखि शुभ होटलसम्म तथा मंगलगढी चोकदेखि वीरेन्द्र चोक हुँदै गणेश चोकसम्मका क्षेत्रहरूमा बिहान १० बजे देखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।