सल्यानको बागचौरमा जेसीबी पल्टिदा चालककाे मृत्यु

सल्यान । सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।