एकीकृत समाजवादी खाडाँचक्र नगरपालिकाकाे नगर प्रमुख र उप प्रमुखकाे टुङ्गो लाग्याे

कालीकोट । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) कालीकाेट खाडाचक्र नगरपालीकाको नगर प्रमुखमा कमल बहादुर शाही र उप प्रमुखमा आशा शाहीलाई चयन गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा (एकीकृत समाजवादी) तर्फबाट नगर प्रमुखमा कमल शाही र
नेतृ आशा शाहीलाई चयन गरेको हाे ।

कमल शाही नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी उपाध्यक्ष पनि हुन् । यस्तै आशा शाही युवा संघ नेपाल केन्द्रीय स्थाइ कमिटी सदस्य हुन् ।