टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

सुर्खेत । वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

शनिबार दिउँसो ३: २५  बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकाेईलीमा दुर्घटना भएको हो । लाटिकाेईलीबाट बजार तर्फ जाँदै गरेको टिप्पर र  मोटरसाइकल  ठाेकिएका हुन् ।

कर्णाली प्रदेश ०२ – ००१ क ००४९  नम्बरकाे टिप्परले भे ८ प ३१९५ नम्बरकाे माेटरसाईकललाई ठक्कर दिएकाे हाे । माेटसाईकल चालककाे बायाँ खुट्टामा चाेट लागेको छ ।  घाइतेकाे उपचार कर्णाली कियर हस्पिटलमा भईरहेको प्रहरीको भनाइ रहेको छ । घाइतेकाे पहिचान भने खुलेकाे छैन् ।