चौरजहारी नगरपालिकामा माओवादी केन्द्रबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता भएको छ ।

मेयर पदमा पुष्प वादी र उपप्रमुखमा इश्वरीकुमारी शर्मा वीएम ले उम्मेदवारी दर्ता गराएका हुन् । नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा माओवादी केन्द्रले जितेको थियो । चौरजहारी नगरपालिकाका १४ वटा वडामध्ये १० वटा वडामा माओवादी केन्द्रले, ३ वटा वडा कांग्रेसले र एउटा वडा नेकपा एमालेले जितेका थिए ।