कस्तो रहला तपाईको दिन ?

 

सुर्खेत। वैशाख १३ गते

वैशाखकृष्ण पक्ष बरुथिनी एकादशी । आज स्मार्तका लागि भने भोलि बैष्णवहरुको एकादशी तोकिएको छ। आफ्नो परम्पराअनुसार आज वा भोलि दुई दिनमध्ये कुनै एकदिन एकादशीको व्रत बस्न सकिन्छ । एकादशीको व्रत गर्दा अन्‍न ग्रहण गरिँदैन । कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल ।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आयआर्जनका क्षेत्रमा सुधार आउने योग रहेको छ भने नयाँ कार्यको प्रारम्भ हुने तथा पुनर्मिलनको योग पनि रहेको छ भने स्वास्थ्य प्रति भने सजग रहनु होला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज श्रमदान गर्ने अवसर मिल्ने योग रहेको छ भने शुभकार्यको चर्चा चल्नुका साथै प्रेम प्रसङ्गमा पनि सफल भइने छ भने स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुने तथा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने योग रहेको छ भने सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज घरमा अतिथिको आगमन हुने योग रहेको छ भने बोलीको भरमा कार्य सम्पादन हुनुका साथै सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा सेयरबजार पनि राम्रै रहला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा प्रेमीको सहयोग प्राप्त हुने तथा परिवारमा सुख सन्तोष छाउनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभ समाचार सुन्न पाइनुका साथै मनमा हर्ष, उमङ्ग र उत्साह छाउने तथा कला र गलाको प्रभाव बढ्नुका साथै वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नसोचेको ठाउँबाट धन हात पर्र्ने योग रहेको छ भने धार्मिक तथा समाजसेवामा मन लाग्ने तथा शुभकार्यको चर्चा पनि चल्नुका साथै मालसामान भने हराउने डर हरेको छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आकस्मिक धनलाभ हुने योग रहेको छ भने महिला वर्गबाट सहयोग मिल्नुका साथै कूटनीतिक नियोगको सहयोग मिल्ने तथा पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने कला र गलाको प्रभाव बढ्नुका साथै विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुने तथा मनोरञ्जन पनि होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज न्यायिक कार्यमा सफलता मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने आफन्तको प्रगतिमा मन रमाउने तथा नयाँ कार्यको योजना बन्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज गरेको कार्यमा अवरोध आउने योग रहेको छ भने कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।