मौलिकता बचाउ अभियानमा हिडेका गाईनेकाे यात्रा भाेलि समापन हुदै

सुर्खेत । गायक तथा संचारकर्मि सेरबहादुर आचार्य गाइनेको डेढ महिना पैदल यात्रा बुधबार (भाेलि) मेचि पुलमा समापन हुदैछ ।

२०७८ फागुन २४ गते सुरु भएको पैदल यात्रा बुधबार ५० औ दिनमा यात्रा समापन हुने गाईनेले ए.के सञ्चारलाई जानकारी दिए ।

तेल राम्रो तोरिको गितका सर्जक तथा ,बैँस छायो, रतिखोला लगायतका दर्जनौं गितमा स्वर दिएका गाइने सुर्खेतको रेडियो भेरि एफएममा एक दशक देखि निरन्तर कार्यरत छन् ।

खेलौ जहारि, लोकसुसेलि, गामबेसिका भाका, भेरिको डबलि जस्ता थुप्रै कार्यक्रम रेडियोबाट चलाउदै गाउँ शहरमा हुने विभिन्न मेला महोत्सवमा सहभागी भएर निकै चर्चित र लोकप्रिय बनेका गाइने गत फागुन २४ गते महाकाली पुल बाट सारंगि र मादल बोकेर महाकाली मेचि यात्रामा निस्केका थिए ।

नेपाली मौलिकता र जन्मभुमि प्रति पछिल्लो पुस्ताको चासो हराउदै गएको भन्दै गाइनेले नेपालि माटो र मौलिकता प्रेम लाई मुटुमा राखेर महाकाली मेचि यात्राको थालनि गरेका थिए ।

प्रकृति प्रेमि गाइने बिलासि जिवन भन्दा सामान्य जिनव जिउन रुचाउँछन् । उनी अत्यावश्यक बाहेकका काममा पैदल हिड्न र विशेष बनजंगल र गाउँ तिर घुम्न रुचाउछन् ।

गायन क्षेत्रमा रुचि भएका उनी विशेष पुराना कलाकारका गित गाउन बजाउन र सुन्न रुचाउछन । उनको यो पैदल यात्राको समापन मेचि पुलमा केही सारंगी बाधक, सहित समापन हुदैछ ।