त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आयो , उडानहरु प्रभावित

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । बम राखिएको भन्दै एक अपरिचित नम्बरबाट फोन आएपछि अहिले उडानहरु प्रभावित भएका हुन ।बम राखिएको फोन कसले गरेको हो भन्ने खुलेको छैन ।

बम राखिएको फोन आएपछि त्यहाँ कुकुरसहित सेनाको बम डिस्पोजल टोली खटाइएको छ । अपरिचित व्यक्तिले फोन गरेर त्यहाँ ५र६ ठाउँमा बम राखेको बताएका थिए । तर प्रहरीले खोजी गर्दा बम वा अरु कुनै शंकास्पद वस्तु भेटिएको छ । आन्तरिक टर्मिनलका सबै यात्रुहरुलाई बाहिर निकालिएको छ । उडानहरु स्थगित भएका छन् ।