कस्तो रहला तपाईको दिन ?

काठमाडौं । कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल ।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बन्धुबान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा पुनर्मिलनको योग रहेको छ, तर मन दुखित पनि रहला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सांगीतिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुने तथा एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै धार्मिक कार्यमा मन जानेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुने तथा आकस्मिक धन लाभ हुनुका साथै प्रेमीको साथ र सहयोग पाइनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुने तथा प्रेममा बाधाका साथै मन कमजोर रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुने योग रहेको छ भने बन्धु बान्धवबाट सहयोग मिल्ने तथा शुभकार्यको चर्चा चल्नुका साथै परोपकारमा रुचि बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज समाजसेवामा मन लाग्ने तथा आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै शत्रु पराजित हुने तथा धार्मिक कार्यमा मन जानेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा शान्ति छाउनुका साथै कूटनीतिक नियोगको सहयोग मिल्ने तथा कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सरकारी निकायको भय रहनुका साथै महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ने तथा राजनैतिक कार्यमा बाधा आउनुका साथै स्वास्थ्यप्रति सजग रहनु होला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जोशजाँगर र हिम्मत बढ्ने तथा धर्मकर्म तथा समाजसेवामा मनलाग्नुका साथै इच्छा र आकाङ्क्षा पूर्ण हुने तथा सन्तान सुख पनि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइनुका साथै बौद्धिक विकास हुने तथा धार्मिक यात्राको योग छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने रमाइलो यात्रा हुनुका साथै नयाँ कार्यको योजना बन्ने तथा अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।