शुक्रबारदेखि कर्णाली प्रदेशका सात जिल्लामा विद्युत् अवरुद्ध

सुर्खेत। कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरुद्ध छ । कोहलपुरसुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरुद्ध भएको छ ।नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।