कालिकाेटकाे खाँडाचक्र नगरपालिकामा कांग्रेसकाे अग्रता

कालीकोट । कालीकोटको खाडाचक्र नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएकोे छ । दुई सय दुई मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेकी तारा शाहले ६१ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् । यस्तै नेकपा एमालेका जसिप्रसाद पाण्डेले ५१ मत ल्याउँदा नेकपा समाजवादीका कमल शाहीले ४२ मत प्राप्त गरेका छन् ।

खाडाचक्रमा गठवन्धन बनाएका नेकपा समाजवादी र नेकपा (माओवादी केन्द्री) बाट उपमेयरमा गणेश शाही (आकाश) ले एक सय तीन मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसबाट उपमेयर बनेका नेशबहादुर शाहीले ४१ मत प्राप्त गर्दा नेकपा एमालेकी मिना शाहीले १९ मत प्राप्त गरेकी छन् ।

माओवादीबाट वडा नं. १ का वडाध्यक्ष बनेका धर्मराज तार्माकारले ७१, कांग्रेसका छत्रबहादुर शाहीले ६०, एमालेबाट विनोद शाहीले ४४ मत प्राप्त गरेका छन् । अहिले मत गणनाको कार्य भई रहेको छ ।